स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक संघ

Independent Foreign Self-Employed Worker Union (IFSEWU)

संक्षिप्त परिचय

नाम: स्वतन्त्र वैदेशिक स्वरोजगार श्रमिक संघ (Independent Foreign Self-Employed Worker Union – IFSWU)

स्थापना: वि.सं. २०७८

स्वरूप: वैदेशिक रोजगारीमा स्वरोजगारका रूपमा कार्यरत नेपाली श्रमिकहरूको हकहितमा काम गर्ने श्रमिक संगठन।

मुख्य उद्देश्यहरू

  • वैदेशिक स्वरोजगार श्रमिकहरूको अधिकार र हितको संरक्षण गर्नु।
  • वैदेशिक स्वरोजगारमा संलग्न नेपालीहरूले भोगिरहेका समस्या तथा चुनौतीहरूको समाधान खोज्नु।
  • सरकार तथा सम्बन्धित निकायसँग नीति तथा कानुनी व्यवस्थाका लागि पहल गर्नु।
  • विदेशमा स्वरोजगारमा संलग्न श्रमिकहरूको सुरक्षा र मर्यादा कायम राख्नु।
  • श्रमिकहरूको पुनर्संस्थापन र पुनःएकीकरणमा सहयोग गर्नु।
  • श्रमिकहरूको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्नु। ✅
  • श्रमिकहरूको तालिम तथा पुनःतालीमको व्यवस्था गर्नु। ✅
  • वैदेशिक रोजगारीमा गएका श्रमिकले दुर्घटना वा मृत्यु भएमा सहयोग गर्नु। ✅
  • विप्रित परिस्थिति वा प्राकृतिक प्रकोपबाट उद्धार र पुनःनिर्माणमा सहयोग गर्नु। ✅
  • विश्वको कुनै पनि ठाउमा आलपत्र परेका जीवित श्रमिकहरुको उद्धार गर्ने तथा
    कुनै पनि श्रमिकहरुमा कसैको मित्यु भएको खण्डमा स्वदेश ल्याउने काममा सहयोग गर्ने, गराउने

श्रमिक अधिकार र सम्मान

श्रमिकहरूको मौलिक अधिकार र सामाजिक सम्मान सुनिश्चित गर्ने काम।

कानूनी तथा नीतिगत वकालत

नीति निर्माणमा सरकार र सम्बन्धित निकायहरूसँग सहकार्य गरी सुधारका लागि पहल।

सुरक्षा तथा कल्याण कार्यक्रम

विदेशमा कार्यरत श्रमिकहरूको सुरक्षा र कल्याणका लागि कार्यक्रम तथा सेवा।

जनचेतना, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्य

शोध, जनचेतना तथा अन्तर्राष्ट्रिय साझेदारीमार्फत श्रमिकहरूको अवस्थालाई सुधार गर्ने काम।

FFSWU Logo